स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेटफर्ममा एक बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन् । सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले एक१ अर्ब फलओअर्स प्राप्त गरेका हुन् ।
पोर्चुगिज स्टारलाई चर्चित सामाजिक सञ्जालहरुमा निकै राम्रो समर्थन रहेको छ । उनलाई सामाजिक सञ्जाल एक्समा एक सय मिलियन बढीले फलो गर्दा इनस्टग्राममा ६०० मिलियनले फलो गरेका छन् । केही समयअघि मात्र युट्युव रिलिज गरेका रोनाल्डोले त्यसमा पनि ६० मिलियन सस्क्राइब पाएका छन् ।
त्यस्तै फेसबुकमा उनका १७० मिलियन बढी फलोअर्स रहेका छन् । उनी चाइनिज सामाजिक सञ्जालमा समेत लोकप्रिय छन् ।