Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

घुस खाने इन्स्पेक्टर सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको साइबर ब्युरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुवेदी साइबर ब्युरोमा कार्यरत हुँदा मुद्दा मिलाई दिन्छु भनेर मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाई दिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।