Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

टिकटकमा चर्चित डडेल्धुराकी विमला मृत भेटिइन्

डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् ।

गन्यापधुरा गाउँपालिका-३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

विमला टिकटकरसमेत हुन् । टिकटकमा उनका २ लाख २४ हजार फलोअर छन् ।

हिजो झुन्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए ।