Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा-माला नल्याउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा उपकरण बिग्रिन थालेपछि खादा, मालालगायत गरी नल्याउन आग्रह गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आज एक सूचना जारी गर्दै यात्रुले लगाएर वा ब्यागमा झुण्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो ।

यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याउनु थालेपछि कार्यालयले देखिने गरी खादा, माला नल्याउन भनेको हो ।

‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ ।