Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

गठ्ठाघर दुर्घटनाः ट्रक चालक सतेन्द्र श्रेष्ठ कारागार चलान

भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । साउन ३१ गते भएको दुर्घटनामा परेर ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाको ज्यान गएको थियो ।

ना ६ ख २१७३ नम्बरको ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

बा४९प ८९४४ नम्बरको स्कुटरलाई श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा कोइरालाको मृत्यु भएको थियो । गठ्ठाघर दुर्घटना ‘भवितव्य’ भएको प्रारम्भिक छानबिन निष्कर्ष छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले घटनाबारे छानबिन गरेको थियो ।