Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बैतडीमा जीप दुर्घटना: १८ वर्षीया युवतीको मृत्यु, चार जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मंगलबार सुर्नया– ८ ढुंगाकोटमा सु.प.प्र.०१०० ज १३५४ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय १८ वर्षीया सविना महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी  उनको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सविनाको उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । दुर्घटनामा जीप चालक सुर्नया गाउँपालिका– ७ का लालबहादुर कुँवरसहित चार जना घाइते भएका छन् । 

चालक कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको अवस्था सामान्य छ । घटनापछि चालक लालबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।