Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रवि लामिछाने पोखरा जाने भएपछि सहकारी पीडित आन्दोलनमा, लामिछानेविरुद्ध नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक कार्यक्रममा सहभागी हुन पोखरा जाने तयारी भएपछि सहकारी पीडित आन्दोलनमा उत्रिएका छन् ।

पोखरामा हुने गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न रवि लामिछाने पोखरा जाँदैछन् । उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरुले प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले सहकारी ठगी गरेको भन्दै लामिछानेविरुद्ध नाराबाजी गरिरहेका छन् ।