Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पाँचथरको बम विष्फोटः सरकारले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति

सरकारले पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा विष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।

सोमबारको मन्त्रीपरिषद बैठकले युद्धकालको बेवारिसे बम विष्फोटमा परी घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । सरकारले मृतकका परिवारलाई जनही ५-५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।