Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

ललितपुरमा विद्यार्थी बोकेर गुडिरहेको माइक्रोमाथि बिजुलीको पोल बजारिएपछि...

ललितपुरको जावलाखेलमा विद्यार्थी बोकेको माइक्रो बसमाथि बिजुलीको पोल ढलेको छ ।

आज फोनिक्स स्कूलका १८ जना स–साना विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको माइक्रो बसमाथि बिजुलीको पोल ढलेको ललितपुर महानगर प्रहरी बलले जनाएको छ । 

घटनामा मानवीय क्षति भएको छैन । माइक्रो बसमाथि ढलेको बिजुलीको पोल महानगर प्रहरीले टोलीले पन्छाएको छ ।