Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

तीब्र गतिको मोटरसाइकल नालीमा पल्टिँदा युवकको मृत्यु

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सुनवल नगरपालिका–१२ फरौली र रामग्राम नगरपालिका–११ को सीमानास्थित भित्री सडकमा गएराति १०ः५० बजे लु १७ प ८७८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार मृत्यु हुनेमा सुनवल नगरपालिका–९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कंवर छन् । उनले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको दाया किनारतर्फको नालीमा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रामनाथलाई उपचारका लागि राति नै जिल्ला अस्पताल परासी पुर्‍याइएको थियो । उपचारकै क्रममा राति ११ः५० बजे उनको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए । मृतकको शव पोष्टमर्टमका लागि सोही अस्पतालमा राखिएको छ ।