धनगढीमा नुहाउन गएका दिदी–बहिनी नदीमा डुबेका छन् । आइतबार दिउँसो १२ः५० मिनेटमा धनगढी उपमहानगरपालिका–७ र वडा १५ को बीचमा पर्ने बेली पुल नजिकैको खुटिया नदीमा नुहाउन गएका दिदी–बहिनी नदीमा डुबेका थिए ।
नदीमा डुबेपछि दिदी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र बोहराले जानकारी दिए ।उनकाअनुसार धनगढी उपमहानगरपालिका–१४ जी गाउँका १६ वर्षीया जेनिशा अवस्थी र १४ वर्षीया सवि अवस्थी डुबेका थिए । सवि अवस्थीलाई स्थानीयले नदीबाट निकालेका थिए ।
उनकी दिदी जेनिशा भने बेपत्ता भएको र खोजी कार्य चलिरहेको डिएसपी बोहराले जानकारी दिए । सविलाई उपचारका लागि धनगढी पठाइएको र स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए ।