Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

महोत्तरीमा ट्याक्टरले ठक्कर दिँदा विद्यालय जाँदै गरेकी ९ वर्षीया बालिकाको मृत्यु, दुई जना घाइते

महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा टयाक्टरको ठक्करबाट नौ वर्षीया बालिकाको ज्यान गएको छ । विद्यालय जाँदै गरेकी बालिकाको ट्याक्टरको ठक्करबाट ज्यान गएको हो ।

नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोकी नौं वर्षीया छोरी जिया सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  बालिकाको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट अन्य दुई बालबालिका घाइते भएका छन् ।

स्थानीय जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३ अध्ययनरत बालिकालाई आज बिहान विद्यालय जाँदै गर्दा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।  घटनापछि ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।