दुई दिनअघि हराएकी रुकुम पूर्वकी एक महिलाको शव रोल्पामा भेटिएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका– ९ सिमलवोटकी ६४ वर्षीया बलकुमारी पुनको शव रोल्पामा फेला परेको हो ।
रोल्पाको परिवर्तन गाउँपालिका– ४ कुङग्रीस्थित चुनवाङ खोलामा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक विजय चापागाईंले बताए ।
उनी भदौ २० गते गाउँबाटै सम्पर्कविहीन भएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।