Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

धनगढीमा तालमा डुबेर एक युवकको मृत्यु

कैलालीको धनगढीमा तालमा डुबेर एक युवकको ज्यान गएको छ ।  कैलालीको गोदावरी नगरपालिका–८ श्रीपुर बस्ने ३० वर्षीय कमल चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपलिका ३ विशालनगरस्थित नेतुवा तालमा डुबेर उनको मृत्यु भएको हो ।

मृतकको मानसिक अवस्था कमजोर भएको खुल्न आएको डीएसपी बोहराले जानकारी दिएका छन् । तालमा डुबेको खबर स्थानीयले गरेपछि पहरी तीन वटा प्रहरी टोली खटाइएको थियो ।

तालबाट मृतकको शव निकालिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक दीपकबहादुर धामीको कमाण्डमा प्रहरी टोली खटाइएको छ ।