पहिरो मुग्लिन–काठमाडौं सडक खण्डको इच्छाकामनामा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
करिब साढे ७ बजेतिर इच्छाकामना–३ फिस्लिङ नजिकै राजमार्गमा पहिरो खसेको हो । सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
सडक कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए ।