Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काठमाडौंका यी स्थानमा आज ६ घण्टा बिजुली नआउने

काठमाडौंको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज शनिबार ६ घण्टा विद्युत अवरूद्ध हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखि एस.आर.क्याटरिङ हुँदै धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घण्टा विद्युत अवरूद्ध हुने जनाएको छ ।

ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ । निर्धारित समयअगाडि काम सकिए अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जानकारी दिएको छ ।