Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बागलुङमा खोलाले बगाएका तीनै जना युवकको शव फेला

बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा बेपत्ता रहेका अर्का एक जनाको पनि शव फेला परेको छ । स्थानीय २० वर्षीय कमल सापकोटाको शव फेला परेको हो । 

गए राति गए राति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा मृत्यु भएका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको शव  शव करिब २०० मिटर तल फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार दुई जनाको शव राति नै भेटिए पनि कमलको शव शुक्रबार बिहानमात्रै भेटिएको हो।कमलको शव अरु दुई जनाको शवभन्दा केही तल भेटिएको हो । शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको छ ।