Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो ।  

लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए । साढे २ वर्षअघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य अवकाश लिएका थिए ।