Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

मुगुमा जीप दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु, सहचालक हामफालेर बचे

मुगुको सोरुगाउँपालिका–६ बन्जाह मोडमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ ।

बुधबार  बिहान ९ः३० बजेतिर सोरुकोटबाट गमगढी आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोरुकोटबाट सदरमुकाम  गमगढी आउँदै गरेको  ग १ ज ६४३७ नम्बरको जीप सोरु गाउँपालिका–६ बन्जाह मोडमा ब्रेक फेल भई मोडबाट एक सय  मिटर तल खस्दा जीप चालक ४५ वर्षीय नरबहादुर  बुमीको मृत्यु भएको  प्रहरीले जानकारी दिएको हो । जीपमा अन्य यात्रु भने सवार थिएनन् । जीप दुर्घटना  हुँदा सहचालकले हाम फालेर ज्यान बचाएका छन् ।