Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काठमाडौं तारकेश्वरमा बालकलाई खोलाले बगायो

काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् ।

मंगलबार साँझ लोलङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।