Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

झरनामा फोटो खिच्दा बगाएका दुई जना मृत भेटिए

अर्घाखाँचीको सिमलपानीमा झरना नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

 शीतगङ्गा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा  कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताए । 

उनीहरुलाई नुहाउँदै फोटो खिच्ने क्रममा खोलाले बगाएको बताइएको छ । उनीहरुसँग रहेका दुई साथीहरु भने जोगिएको प्रहरीले जनाएको छ । आज दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवै जनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए ।