हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन् । कम्पनीहरुले उडान गन्तव्यमा फ्युल सरचार्ज घटाएका हुन् ।
योसँगै सबैजसो गन्तव्यको हवाई भाडा घटेको छ । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको थियो । सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा इन्धन सरचार्ज घटाएका हुन् । वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियो ।
प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेको हो । नजिकिंदो चाडपर्वसँगै मानिसको हवाइ यात्रा समेत बाक्लिने गर्छ । यहि समय भाडा घटाइँदा हवाइ यात्रुलाई राहत मिल्ने भएको छ ।
हेर्नुस् अब कहाँको कति हवाइ भाडा?

