Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काठमाडौंका यी स्थानमा आज दिनभर विजुली नआउने

काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज मंगलबार बिहान ८ बजेदेखि अपरान्ह चार बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

अनामनगर पूर्वी गेट हुँदै हनुमान स्थान, सिंहदरवार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडि, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल मैतीदेवी जालीकारखाना, घटेकुलो एरिया र गोर्खा एफएमसम्मको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।