Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

यसरी निकालियो २७ जनाको ज्यान जाने गरी मर्स्याङ्दीमा खसेको बस (फोटोफिचर)

गत शुक्रबार मर्स्याङ्दी नदीमा खसेको बस निकालिएसँगै पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडक खुलेको छ । बसलाई क्रेनको सहायताले सडकमा निकालिएपछि दिउँसो सवा २ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी एवं प्रवक्ता दीपक रायले जानकारी दिए ।

Tanahu-abukhairani-bus-9_pJwef8GW6b.jpg

उनका अनुसार बसलाई अहिले सडक छेउमै राखिएको छ ।  अहिले दुवैतर्फ रोकिएका सवारी निर्वाध चलिरहेका छन् । यसअघि बिहान ६ देखि १० बजेसम्म मात्र सडक बन्द गरिने सूचना जारी गरिएको थियो । निर्धारित समयमा बस निकाल्न नसकेपछि सवारी साधन लामो जाममा परेका थिए ।

Tanahu-abukhairani-bus-5_a278abEmPt.jpg

गत शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा खसेको थियो । दुर्घटनामा २७ भारतीयको मृत्यु भएको थियो भने १६ जना घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

Tanahu-abukhairani-bus-3_PintIEzeEC.jpg

भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान  मृतकहरूको पोस्टमार्टमपछि सनाखत गरेर भारतीय वायु सेनाको विमानमार्फत पठाइसकिएको छ । अर्का एक जना मर्स्याङ्दी नदीमै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ता व्यक्तिको पनि खोजी जारी छ ।

तस्वीरहरू : मुग्लिन बजार फेसबुक वालबाट