Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आफू बिरामी भएपछि अस्पतालको शैयाबाट सुविधा अस्पताल खोल्ने प्रतिज्ञा गरेका लोक बहादुर टन्डन (भिडियो अन्तर्वार्ता)

प्रहरीको जागिर छोडेर राजनितीमा प्रवेश

ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टन्डन विसं २०२१ सालमा गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयगामा जन्मिएका हुन्। उनले प्रारम्भिकतहको शिक्षा लुम्छाको सरस्वती माविबाट आर्जन गरे। ०३९ सालमा गुल्मीको दिगाम आदर्श मावीबाट एसएलसी उत्रिण गरेका लोक बहादुर टन्डनले शिक्षा सङ्कायबाट भारतमा बीएड सरसफाईको सम्योजक समेत रहेका अनि अस्पतालसागै विभिन्न पेशाको अनुभव भएका टन्डनले आफूलाई एक सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित गरेका छन्। 

आफ्नो मामाको सल्लाहले नेपाल प्रहरीमा भर्ना भएका टन्डनले २७ महिनासम्म प्रहरी सेवामा काम गरे। काठमान्डौ सेन्टर जेलमा कार्यरत हुँदा गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टाराई, मनमोहन अधिकारीसँगको सम्पर्कमा पुगेका लोकबहादुर  नेताहरूबाट प्रभावित भएर उनी राजनीतिमा प्रवेश गरे।  काँग्रेस पाटीमा प्रवेश गरेका उनले   गुल्मीमा एमाले काँग्रेसबीच २०४७ पौष २ गते बिडन्त हुँदा त्यस समय आफू पनि नराम्रोसँग घाइते भएको बताए।  घाइते भएका टन्डनले २०४६/४७को जन आन्दोलनमा धेरै मानिसहरू जानेर काग्रेस ,एमाले नभएको भने।  जस्कोहातमा जस्को झन्डा पर्यो त्येहि  बनेका हुन्। धेरै मानिसहरू अन्जानमा नै पाटीको झण्डा बोकेका हुन्  उनले भने।   

राजनीतिमा हुँदा असुरक्षाको महसुस गरेका टन्डन २०४९ सालमा कोरिया उडे। कोरियामा ११ महिनासम्म काम गरिर टन्डन नेपाल फर्किए। विसं  २०५० जेठ २ गते रुपन्देहीको बुटवललाई कर्मथलो बनाएका लोक बहादुर व्यापारसँग जोडिएका व्यक्तिहरूको सम्पर्कमा पुगे।

टन्डनले संजिवनी कलेजको सञ्चालकसमेत बने। कामको सिलसिलामा विभिन्न युरोपका देशहरूमा घुमिसकेका  उनले वि।सं। २०६४ सालमा अमेरिका जाने सपना बुनेर अन्तर्वार्ताका लागी राजधानी हान्निए। अमेरिकाको लागी भिसा नपाएका टन्डन अन्ततः काठमाडौंलाई नै कर्मथलो बनाए अमेरिकाले भिसा नदिएपछी त्यसको अर्को दिन नै टन्डन ग्लास हाउसको स्थापना टन्डनले  गरे।

lok.png

काठमाडौमा ग्लास हाउसदेखी अस्पतालसम्मको यात्रा
काठमाडौमा सञ्चालन गरेको ग्लास हाउसले उनलाई सफलता मिल्यो। त्यसपछि टन्डनले कलेज सञ्चालन गर्ने  निर्णय गरे। नभन्दै बन्द भएर थन्किएको यति हेल्थ साइन्स कलेजलाई पूनह सञ्चालनमा ल्याए।  उक्त कलेजले हस्पिटलको महसुस गरेको र आफ्नो खुट्टाको घुँडाको ०६८ सालमा अप्रेसन गर्दैगर्दा अस्पतालमा लोडसेडिङ भएको हुँदा टन्डनले त्यही समय अस्पतालकैं शैयाबाट लोडसेडिङ मुक्त तथा सुविधा सम्पन्न हस्पिटल खोल्ने प्रतिज्ञा गरे। यसरी टन्डनले २०६९ माघ १६ गते ग्रिनसिटी अस्पतालको स्थापना गरे। उनै टन्डनको जीवन संघर्ष र ग्रिनसिटी हस्पिटलबारे
नेपाल
रैबारडटकमका लागी जिवन बनियाले लोक बहादुर टन्डनसँग गरेको कुराकानी भिडियोमा हेर्नुहोस्