भारतका सुप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगेका छन् । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन् । उनी सपरिवारसहित नेपाल आएको र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले बताए ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचकअन्तर्गत पर्छन् । उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता हुने गरेको छ । डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य भारत प्रस्थान गर्ने कार्यसूची छ ।