द ब्रिटिस कलेजकोएसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ।।।ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन्।
गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएकी हुन् । ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरुले निरन्तर रुपमा विश्वस्तरिय नतिजाहरु ल्याइरहेका छन्। यसअघि सन्२०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परिक्षामा दिपांशुथापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकैदोस्रो स्थान हाँसिल गरेका थिए भने ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाह तेस्रो भएका थिए ।
त्यस्तै, रञ्जन पौडेलले स्ट्राटेजिक बिजनेश रिपोर्टिब’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हाँसिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए । विश्वस्तरिय नतिजा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै खत्रीले शिक्षकहरु तथा कलेजमा आबद्ध सम्पूर्णलाई धन्यवाद दिनुभयो । आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै खत्रीले भन्नुभयो। पछिल्लो समय विश्व बजारमा फिट हुनको लागि लचिलोविषयमा योग्यता चाहिन्छ । त्यसमध्येको एक एसीसीए शैक्षिक कार्यक्रम हो । नेपालकोसन्दर्भमा ब्रिटिस कलेजलेप्रदान गरिरहेकोएसीसीए शैक्षिक कार्यक्रम उत्कृष्ट छ । राम्रोनतिजाको कारण ब्रिटिस कलेजलेअन्तर्राष्ट्रिय रिवार्डहरु समेत पाएको छ । म यस कलेजमा सन्२०२३ कोजुलाईमा भर्ना भएकोहुँ । यस कलेजले विश्वस्तरिय सुविधाहरु प्रदान गर्नुकोसाथैयहाँका शिक्षकहरु पनि प्रतिष्ठित हुनुहुन्छ । त्यसैले इच्छुक विद्यार्थीहरुलाई पनि ब्रिटिस कलेज छनौट गर्नको लागि आग्रह गर्दछु ।’
एसीसीए शैक्षिक कार्यक्रमकोसिनियर प्रोग्राम म्यानेज दीपेन्द्र के. श्रेष्ठलेभन्नुभयो: ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए कार्यक्रम चर्चा नेपालमा राम्रोचर्चा छ । लामोसमयको अनुभवको कारण हामीले हाम्रा विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्न सकेका छौं । साथै, विद्यार्थीहरुलाई व्यवहारिक रुपमा पनि सबल बनाउनको लागि हाम्रोटिम सफल भएकोछ ।’ एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो।
निरन्तर विश्वस्तरिय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित प्लेटिनम अप्रुभल लर्निब पार्टनर’को दर्जा प्रदान गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो। त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि
समेत हो।