प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सत्तारुढ कांग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाएका छन् । आज मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको बताए ।
सांसद किरातीले संविधान संशोधन गर्दा अग्रगमनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई सचेत गराए । उनले संविधान संशोधन गर्दा नो भोटको पनि व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘दुई दलीय प्रणालीको पनि कुरा यहाँ उठेको छ । के लोकतन्त्रमा दुई दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो रु कि धेरै दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो रु खेलकुदमा एक जनाले जित्छ, जसले मेहनत गर्छ । अरुलाई रेखाभन्दा बाहिर निकालेर होइन सभामुख महोदय । त्यसकारण लोकतन्त्रमा जनतालाई बलियो बनाउनका निम्ति संविधान संशोधन गर्दाखेरी धेरै अग्रगमनका एजेण्डाहरू हालेर त्यसमा नो भोटको सिस्टम पनि गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु ।’ सांसद किराँतीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने जिकिर पनि गरे ।