Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध (फोटोफिचर)

गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

451056362_8659947284022133_5356028329072890700_n.jpg

उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए।

451053528_8659946064022255_4118542034492926358_n.jpg

आज बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो । “साना–साना पहिरोसमेत ठाउँ–ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ”, उनले भने, “नगरपालिकाले बिहानैदेखि उपकरण प्रयोग गरेर पहिरो हटाइरहेको छ ।”

450664075_8659968930686635_8586828662081549306_n.jpg

आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउनका लागि सडक विभाग तनहुँबाट झिकाउने प्रयास भइरहेको उनले बताए । सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेको छन् । 

450969830_8659946557355539_2450589889274956999_n.jpg

गोरखा पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा ठप्प भएको छ ।

451050617_8659946854022176_6463533199766669103_n.jpg

तस्बिर: राजेन्द्र न्याैपाने