नारायणगढ मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार यात्रुकोहरुको खोजी कार्य जारी छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दुईवटा बसमा ६५ यात्रु रहेको थिए ।

भरतपुर महानगरपालिका २९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए।

त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेका छन् ।

अहिले करिब ८० जनाभन्दा बढी सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ।




