Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चट्याङ लाग्दा आँगनमा खेलिरहेका १० वर्षीय बालकको मृत्यु

दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । 

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका १० वर्षीय सुवास बिकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला परेको चट्याङ लाग्दा उनको मृत्यु भएको हो । 

गम्भीर अवस्थाका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याउँदा चिकित्कसले बालकको पहिल्यै मृत्यु भइसकेको बताएका थिए ।