Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

‘लिटिल बुद्ध’ बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर

‘लिटिल बुद्ध’ का नामले चर्चित रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहरिएका छन् । आज सोमबार सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बमजनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ । बमजन २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।

 लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीले निकै कसरत गर्नु परेको थियो ।