Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्न गृहको निर्देशन

गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीहरूलाई डास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको छ ।

सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यसपछि ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको विज्ञप्तिमा भनिएको छ ।

pi-1.jpg