Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित मुख्यसचिव अर्यालको योजना आयोगमा सरुवा

भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको हो ।

योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्यालको सरुवा गरिएको हो । अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलाले पाएकी छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिवहरूमध्येबाट गड्तौलाले मुख्यसचिवको जिम्मेवारी पाएका हुन् ।