Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नयाँबानेश्वरमा १९ वर्षीय किशोरीलाई बलात्कार, एक जना पक्राउ

एक १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जैसवालले ती किशोरीलाई काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।