Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फेवातालमा डुबेर युवकको मृत्यु

कास्कीस्थित फेवातालमा डुबेर एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका–२ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो । 

प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले उनलाई साँझ साढे ७ बजे मृत घोषणा गरेका हुन् ।

 पोखरा–६, लेकसाइडको क्विन पार्कमा काम गर्ने भण्डारी चार साथीसहित पौडी खेल्न फेवाताल गएका थिए । उनीसँगै पौडी खेल्न गएका अरु सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।