Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पुराना दलहरुसँग ‘लसपस’ गरिरहे रास्वपा हराउन सक्छः डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आज शुक्रबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले पुराना दलहरुसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रुपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरुसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन रास्वपाको नेतृत्वलाई सुझाव दिए ।

अध्यक्ष भट्टराईले भने, ‘अब पुराना दलहरुसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रुपमा लिनुपर्छ र वैकल्पिक नयाँ शक्तिहरुसँगको सहकार्य गरेर देशलाई साँच्चिकै विकल्प दिनका लागि स्ट्राटिजी बनाउनु पर्छ । यसरी सन्तुलन भयो भने ठीक हुन्छ । नत्र पुराना शक्तिहरुसँग बढी नै लसपस गर्न थालियो भने त्यसले स्ट्राटिजीमा नोक्सान गर्ने र हराउने खतरा हुन्छ ।’ उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया दिएका छन् ।