Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

श्रमाधान रोजगार मेलाः जागिर खोज्ने र दिनेको भीड

ललितपुरमा भएको दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा बुधबार बेरोजगार र रोजगारदाताको भीड लागेको छ । रोजगारदाता र कामदारहरूको सम्पर्क स्थापित गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशस्तरीय रोजगार मेला आयोजना गरेको हो ।

Photo (2).jpg

मेलाको मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेकी थिइन् । पाटन बहुमुखी क्याम्पसमा भएको मेलामा जागिर खोज्ने र दिनेहरुको भीड लागेको छ ।

Photo (1).jpg

मेलामा सरकारी र निजी गरी ८० भन्दा बढी क्षेत्रका रोजगार कक्ष राखिएका छन् । सातै प्रदेशमा सञ्चालन भएको मेला यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमत्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

Photo (4).jpg

यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा मेला गरिएको हो । ६ प्रदेशमा सम्पन्न भएपछि मेला ललितपुरमा सम्पन्न भएको छ ।

Photo (3).jpg

मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।