Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरियोस्ः रास्वपा

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजना घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक डाँगीले अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले आधारबिनाको पूर्वाधारमा लगानी बन्द गर्नुपर्ने पनि बताइन् ।

सांसद डाँगीले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहानामा नभई निश्चित मापदण्डका आधारमा छनोट गर्नुपर्ने पनि बताइन् । ‘आधार बिनाका पूर्वाधारमा लगानी बन्द गरियोस् । अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगरियोस् । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहनामा नभई एउटा क्रंक्रिट मापदण्डका आधारमा छनोट गरियोस्,’ उनले भनिन् । सांसद डाँगीले स्रोतको सुनिश्चितता बिना पूर्वाधारमा आंशिक लगानी गर्नु नागरिकका लागि धोका भएको भन्दै त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताइन् ।