Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

गृहमन्त्रीले हुकुमी शासन देखाउनु भयोः कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवा गर्न लगाउने गृह मन्त्रालयको निर्णयप्रति आपत्ति जनाएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताए । मुलुकलाई कानुनी शासन अनुसार चलाउनु पर्ने भन्दै कानुन बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने सांसद खतिवडाले बताए । कानुन बनाएर त्यसो गरिए कांग्रेसले त्यसको स्वगत गर्ने उनले बताए ।

‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरूलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको सुरुवात गर्नु भएछ । कानुन बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहन्छौ । राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ । तर, मुलुक हुकुमी शासनमा चल्ने होइन । कानुन अनुसार चल्नुपर्छ । कुनै पनि काम गर्दा कानुन निर्माण गरेर, कानुनी राज्य अनुसार चल्नु पर्छ भन्ने हाम्रो अवधारणा हो । हामीले देख्यौं । मापसे गरेका मान्छेहरुलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे’, उनले भने, ‘यो कुन कानूनमा र कुन नियममा छ रु गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि रु मन्त्रालयबाट पत्राचार भएको छ कि रु यसरी मुलुक चलाउने शासन पद्धतीको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामीविरुद्धमा छौं ।’

उनले गृहमन्त्रीलाई पत्रकार हुँदा जस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गरे । ‘मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन । कानुनअनुसार चलाउनु पर्‍यो । कसैको शोषण गर्न पाइँदैन’, खतिवडाले भने, ‘पत्रकार जस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो । कानुन अनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ ।’