Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सहकारी छानविनमा कांग्रेसले हावादारी सम्झौता गर्‍यो, जनतासँग माफी माग्नुपर्छः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगीको छानबिनमा कांग्रेसले हावादारी सम्झौता गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा अध्यक्ष थापाले यस्तो हावादारी सम्झौता गर्नु थियो भने महिनौं सम्म संसद अवरुद्ध गरेर समय र करोडौं बर्बाद गरेको आरोप लगाएका हुन् । उनले विपक्षी दलहरुले जनतासँग माफी माग्नुपर्ने र खर्चको क्षतिपूर्ति बुझाउनुपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्– सहकारी विवाद र सम्झौता प्रकरणः यदी यहि हावादारी सम्झौता गर्नु थियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने, समय वर्वाद गर्ने र करोडौं व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनु पर्छ । किनभने यस्तो सहमतिकोलागि त सरकार धेरै अघि नै तयार थियो ।