Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ (भिडियो)

प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेका छ । आइतबार काठमाडौँ जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका १ घर भई हाल बालाजु बस्ने २१ वर्षीय सचिन परियार, नुवाकोट जिल्ला गुप्तेश्वर गाउँपालिका घर भइ हाल बालाजु बस्ने १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङजा घर भएका हाल बालाजु बस्ने २१ वर्षीया बसुन्धरा कार्की ,सँगै घर भएकी ५६ वर्षीया नुनमाया कार्की ,नुवाकोट घर भइ सोही स्थानमा बस्ने २१ वर्षीय बुद्ध तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई हाल बालाजु बस्ने ३० वर्षीय अमृत तामाङ र एकजना १३ वर्षका नाबालक रहेका छन् ।

Photo (10).jpg

प्रहरी जवान घिमिरेको हत्या के कारण भएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत खोटाङको मजुवागढी गाउँपालिका–१ का घिमिरे को शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरेर समातिएकाे बताए । उनले भने, ‘भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौं ।’

Photo (7).jpg

उनका अनुसार पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

प्रहरीका अनुसार उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । गएको शुक्रबार तारकेश्वर नगरपालिका-९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

Photo (8).jpg

प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।  

भिडियो: