Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय सस्तो लोकरिझ्याइँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याइँ भएको टिप्पणी गरेका छन्।

अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याइँ भएको टिप्पणी गरेका हुन्।

उनले भनेका छन्ः

सीमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ भनेर ईपिजीबारे कुरा गर्न डराउने,नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याइँ मात्र हो। कुटनीति सस्तो लोकप्रियताको विषय होइन।