Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कर्णाली प्रदेशमा ओवादीबाट तीनजना मन्त्री बन्दै

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट तीन मन्त्री नियुक्त भएका छन् ।

मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

नयाँ मन्त्रीहरूको शपथ केहीबेरमा हुने बताइएको छ । तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए ।

यस्तै यसअघि नै माओवादीबाट मन्त्री बनिसकेका रणसिं परियारको पनि मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ ।