Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

उपनिर्वाचनमा जमानत जफतपछि रास्वपाले भन्यो– घण्टी नबजाएर मतदाताले सचेत गराए

इलाम–२ मा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ ।

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम–२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमी कमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् । उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समीक्षा गर्ने बताएका छन् ।

 इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५,०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए ।

rasopaa_bY6r8FLMoA.webp