Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको आज आइतबार सुनुवाइ हुँदैछ ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेसी आजलाई सारेको थियो । सन्दीप पक्षका वकीलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

 जिल्ला अदालत काठमाडौंको फैसलाप्रति असन्तुष्टि जनाउँदै लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।