के नोकरी गर्नु मात्रै श्रमिकको जिन्दगी हो ?
धेरैजसो मानिस नोकरी (विभिन्न क्षेत्रमा जागिर) गर्छन्। महिनाको अन्तिम दिन एक निश्चित तोकिएको रकम तलबको रुपमा लिन्छन। तर, तपाईं यो सोच्नुहोस् त ती मानिसहरु काम किन गर्छन्? तपाईं यो प्रश्नको उत्तरमा यो पनि भन्नुहोला काम तलब लिनको लागि गर्छन्। तलब लिएपछि के हुन्छ? त्यसबाट खान, परिवार चलाउन सबै कुरा हेर्ने हो भने जिन्दगी जिउन मानिसहरु काम गर्छन्। तर जिन्दगी के हो? दिनको १२ घण्टा त उनीहरुको अफिसमै बित्छ, अर्थात् नोकरी गर्ने मानिसहरु आफ्नो जिन्दगीको एक ठूलो हिस्सा समय नोकरी (काम) गर्नमै बिताउँछन्, अर्थात् नोकरी नै उनीहरुको जिन्दगी हो।
अझै पनि प्रश्न उही छ, नोकरीले के गर्छ? जिन्दगी जिउनका लागि जिन्दगी के हो? खाली काम गर्दै जानु वा नोकरी नै जिन्दगी हो त? मुख्यगरी माथि उल्लिखित यो विचारलाई पश्चिमका दार्शनिक एलन वाट्सले मन्थन गरेका थिए।
अहिले नोकरीबारेमा वर्तमान अर्थव्यवस्थामा प्रश्न गर्नु वास्तवमै छोटो हुन्छ। किन पनि भने अहिले धेरैजसो मानिसहरु काममै खट्छन। तर, मुट्ठी भरका धनी मानिसको हातमा पूरै विश्वभरको सम्पत्ति छ। उनीहरुका लागि पैसा काम गर्छ पैसाका लागि होइन। तपाईं यो विचार सुनेर यो मार्क्सवादी रहेछ भनी ठहराउनु होला। रोकिनुहोस्, हामी यो सिस्टम गलत छ भनिरहेका छैनौ तर, डेढ़ सय सालको इतिहासले नै यो बताउँछ कि अर्थव्यवस्था सायद यसै तरिकाले चल्न सक्छ। जसलाई हामी पूँजीवाद (क्यापिटालिज्म ) भन्छौं, भनिरहेका छौं।
प्रश्न यो होइन कि तपाईं पूँजीवादको समर्थक हो वा विरोधी। ठूलो तर साधारण लाग्ने प्रश्न यो होकि पूँजीवाद नामक यो व्यवस्थाले पूरै दुनियाँँलाई आफ्नो पकडमा कसरी लियो? पूँजीवादी व्यवस्था कहाँबाट आयो? यो व्यवस्था आउनु पूर्व के थियो? के अब अगाडि अरु केही हुन सक्छ? यो सबै प्रश्नको जवाफ पाउनका लागि क्यापिटालिजमको पूरै इतिहास जान्न आवश्यक छ।
पूँजीवादभन्दा पहिले
यो कहानी तब सुरू हुन्छ जब हाम्रा पुर्खा जंगलमा रहने गर्दथे। त्यही जंगलमा घुमफिर गर्थे, त्यहीँ जीवन गुज्रने गर्दथ्यो। त्यसपछि खेतमा काम गर्न थाले। जंगलदेखि खेतसम्मको यात्रामा मानिसहरुको बीचमा एउटा नयाँ विचार आयो व्यक्तिगत सम्पत्तिको। १८०० साल ईसापूर्व कसैले यो भन्यो त्यो जमिन मेरो, र यहीँबाट सुरु भयो यो व्यक्तिगत सम्पत्तिको अवधारणाको।
तर, कसरी यो सुनिश्चित भयो कि सम्पत्ति एकै व्यक्तिको भयो र त्यसमा कुनै दोस्रो व्यक्तिले हस्तक्षेप गर्दैन भनेर? हो यसको सुनिश्चित राजशाहीले गरे। राजाको हातमा उस समय पूरा तागत थियो। जसले कानुन बनाउथे। यसै सिलसिलामा व्यक्तिगत सम्पत्ति (प्राइभेट प्रोपर्टी) एक हिसाबले कानुन बन्यो। अर्थात्, जसको जमिन उसकै जमिन, त्यसलाई तपाईं खरिद बिक्री गर्न त सक्नुहुन्छ तर त्यसलाई कसैले लुट्न सक्दैन।
यो व्यवस्था लामो समयसम्म चल्यो। त्यसपछि सामन्तवादको सुरुआत भयो। अर्थात् सामन्तीको सत्ता। सामन्तहरु नै जमिनको मालिक हुने गर्थे र मजदुर वर्ग सामन्तीको खेतमा काम गर्थे। उनीहरुको खेतमा काम गरि अन्न उब्जाएबापत उपजको एक हिस्सा कामदारलाई मेहनतको रुपमा मिल्ने गर्दथ्यो। यूरोपको कुरा गर्ने हो भने १६ औं शताब्दीसम्म सामन्तवादले प्रभुत्व जमायो।
यसपछि सुरु भयो मर्केन्टलिज्म (व्यापारवाद) को समय। जसलाई एक हिसाबका प्री–क्यापिटालिज्म पनि भन्न सकिन्छ। व्यापारवाद के थियो र यसको सुरुवात कसरी भयो बुझ्नलाई १६ औं शताब्दीको युरोपलाई बुझ्न आवश्यक हुन्छ।
व्यापारवाद
१५१७ सालमा जर्मनीको विटनबर्ग सहरमा एक पादरीले चर्चको भित्तामा केही कागज टाँसिदिए। उस समय क्याथोलिक चर्चमा हुने गरेको भ्रष्टाचारको विरुद्धमा पहिलो पटक आवाज उठ्यो र सोही घटनाबाट इसाई धर्मको सुधारवाद सुरु भएको मानिन्छ। जुन पादरीको नाम थियो मार्टिन लूथर। उनी एक धर्म सुधारक थिए, जसलाई रोमन क्याथोलिक चर्चले बहिष्कार गर्दियो। लूथरको कारण त्यसबेला इसाई धर्ममै दरार पैदा भयो। क्याथोलिक भन्दा फरक अर्को प्रोटेस्टेंट इसाई शाखाको सुरुवात भयो।
त्यस समय चर्च सबैभन्दा पवित्र र शक्तिशाली हुने गर्दथ्यो। यूरोपमा केही राजाहरु चर्चको एकाधिकारवादबाट छुटकारा पाउन चाहान्थे। जसले विस्तारै विस्तारै लूथरको क्रान्तिपछि खोलिएको प्रोटेस्टेंट शाखालाई अपनाउँदै गए। त्यसपछि युरोपमा इसाई धर्म दुई धारमा बाँडियो र चर्च (इसाई धर्म) को तागत कम मयो। विस्तारै मानिसहरु धर्मको डर र भयबाट बाहिर निस्किए र नयाँ ढंगबाट सोच्न, जान्न थाले।
धर्मको अलावा पनि यूरोपमा अन्य समस्याहरु थिए। १४औं शाताब्दीमा युरोपमा प्लेग फैलिएको थियो। जस कारण यूरोपको झन्डै आधा मानिस प्लेगको सिकार भए र मरे। जसले युरोपमा कामदारको कमी भयो। यी दुई कारणले युरोपको समाजमा ठूला परिवर्तन आयो।
त्यो थियो:
पहिलो परिवर्तन: सामन्त वा राजाहरु जुन पैसा चर्चमा खर्च गर्ने गर्दथे त्यो अब, उनीहरु व्यापार गर्न या बढाउनमा प्रयोग गर्न थाले।
दोस्रो परिवर्तन: युरोपका जनताले ‘सेक्युलर’ विषय अर्थात् यो भन्न सकिन्छ कि जसको धर्मसँग कुनै सरोकार छैन त्यस्ता विषय पढ्न थाले। जस्तोकि: भौतिकशास्त्र, जीवशास्त्र, भूगोलजस्ता विषय पढे र ज्ञान र सीपमा आधारित कामका लागि सहरमा बसाईं सरे।
त्यो समय भन्ने हो भने खेती पहिले जस्तो लाभकारी पेसा थिएन। त्यो किन पनि भयो भने कामदारको संख्या निकै कम थियो र जमिन पनि सीमित थियो। यस दौरान युरोपमा अर्थव्यवस्थालाई लिएर एक नयाँ विचार पैदा भयो, जसलाई हामीले व्यापारवाद (मर्केन्टलिज्म) भन्न थाल्यौं।
मर्केन्टलिज्मभन्दा पहिले मानिसहरु खेतीमार्फत नै पैसा आर्जन गर्दथे। जमिन र खेती उस समय धन आर्जनको प्रमुख साधन थियो। तर, चाहे खेती गर्न होस् या पशुपालन गर्न जमिनको आवश्यकता त पर्ने नै भयो। तर, सीमित मात्रामा भएकाले मानिसहरुमा प्रश्न उठ्न थाल्यो कि पैसा कहाँबाट आउँछ?
यहीँबाट व्यापारवादको सुरुवात भयो। जमिन लिमिटेड छ, त्यसकारण पैसा पनि लिमिटेड छ, यदी एक जनालाई धनी बन्नु छ भने अर्को व्यक्तिको जमिन खोस्नु पर्छ–यो व्यापारवादको सोच थियो। युरोपमा जमिन सीमित भएकाले उनीहरुले धनी हुनका लागि अर्को देशलाई नै लुट्ने सोच्न थाले।
व्यापारवादको सुरुवाती समयमा दुई कुराले समस्या पैदा गर्यो। एकातिर अटोमन साम्राज्य (अहिलेको इस्तानबुल) पर युरोपेलीले कब्जा गरे भने अर्कोतर्फ मेडिटेरेनियन सागरको बाटोमा भेनिसले आफ्नो एकाधिकार जमायो।
यी दुई कारणले गर्दा युरोप र एसियाबीचको व्यापार धेरै प्रभावित भयो। जुन समस्याबाट मुक्तिका लागि एक पोर्चुगाली भास्को डिगामा नाम गरेका व्यक्ति भारत पुगेको बताइन्छ।
त्यसपछि पोर्चुगली इस्ट इण्डिया कम्पनी बन्यो। यसैगरी डच, फ्रेंच, ब्रिटिस इस्ट इण्डिया कम्पनी बन्दै गयो। ती सबको बीचमा व्यापारको लडाइ थियो। जुन लडाइमा युरोपका देशहरुले अफ्रिका र एसियामा आफ्नो प्रभुत्व जमाए। यस दौरान, भारतको कतिपय हिस्सालाई ब्रिटिस इस्ट इण्डिया कम्पनीले कब्जा गरेको थियो।
ब्रिटेन सरकारले त इस्ट इण्डिया कम्पनीलाई ब्रिटेनबाट साढे तीन लाख पाउण्डको कपडा किनेर भारतमा सस्तो मूल्यमा बेच्न आदेश नै दिएको थियो। जसले भारतमा बन्ने उच्च गुणस्तरको कपडाको बजार ध्वस्त पार्ने रणनीति ब्रिटेनको थियो। अर्को आदेश पहिलोभन्दा पनि रोचक थियो, जुन व्यापारवादको मूल सिद्धान्त मानिन्छ।
व्यापारवाद एक यस्तो नीति हो जसमा एकतर्फी खुला व्यापार दुई देशमा गर्न सकियोस्। ब्रिटेनले पनि भारतको साथमा त्यस्तै गरेको थियो। ब्रिटेनबाट भारत ल्याइने कपडामा भारतमा कर शून्य गराएर भारतमा बनेको कपडा आफूकहाँ पठाउनु पर्दा धेरै कर लगाएको थियो। कपडामा मात्रै होइन समुद्री जहाज, ह्याण्डीक्राफ्टका सामग्री तथा अन्य क्षेत्रमा पनि ब्रिटेनले यस्तै उच्च कर लगाएको थियो। किनभने त्यतिबेला भारतको ठूलो हिस्सा अंग्रेजको कब्जामा थियो।
जसकारण भारतको कतिपय उद्योगधन्दा पूरै बन्द भयो र इङ्ल्याण्डको पूँजीवादी वर्गलाई धेरै फाइदा पुग्यो। उनीहरुले नयाँ बजार लिए। नाफा हुने प्रविधिमा लगानी गरे र कतिपय नयाँ प्रविधिमा आधारित जस्तो कि कार, एयरक्राफ्ट जस्ता व्यवसायबाट फाइदा उठाए। तर, युरोपमा व्यापारवादले मुख्य गरी तीन ठूला परिवर्तन ल्यायो। पहिलो थियो राजनीतिक, दोस्रो वित्तीय र तेस्रो सामाजिक परिवर्तन।
राजनीतिक
यूरोपेली राज्यलाई भारत र चीनसँग व्यापार गर्नको लागि पैसा अर्थात अर्थको आवश्यकता थियो। किनभने त्यो समय भारत र चीनलाई बेच्न लायक कुनै पनि खास उत्पादन युरोपेली राज्यसँग थिएन। अर्थको सन्तुलन युरोपेलीको हातमा थिएन, मानौ कि व्यापार घाटा उनीहरुलाई मात्रै हुने गर्दथ्यो। धेरै सुनको बदलामा युरोपेली राज्यले त्यो समय भारतीय उत्पादन खरिद गरेर लैजान्थे।
युरोपमा न जमिन प्रशस्त थियो न त उनीहरुसँग कुनै सुनको खानी। भारतलाई दिने सुन कहाँबाट आउँथ्यो त? युरोपेली राज्यले जसका लागि एक ‘रेभेन्यु मोडल’ अर्थात् पुनरुत्थान मोडलको विकास गरे। उनीहरुले अफ्रिका र अमेरिकामा आफ्नो उपनिवेश बनाए। अमेरिकामा अफ्रिकाबाट दासदासीको रुपमा सहमत गराए वा बन्दी बनाएर अमेरिकामा काला वर्णका मानिसहरुलाई काममा लगाए। अमेरिकामा कटन लगायतका खेतीमा ती मानिसहरुलाई काम गर्न लगाउने गर्थे र युरोपको बजारमा उत्पादित सामग्री बेच्ने गर्दथे। जुन पैसाले भारत र चीनमा बनेका मसला, सिल्क जस्ता उत्पादन खरिद गरी यूरोपको बजारमा बेच्ने गर्दथे।
वित्तीय
जब त्यो तहका व्यापार बिजनेस हुन्छ तब पैसाको कारोबारमा जटिलता त उत्पन्न हुने नै भयो। जसलाई सहज बनाउने प्रकृयामा बैंकिङ प्रणाली र बिजÞनेस कम्पनीहरुको सुरुवात भयो। बैंकिङ प्रणालीको नतिजा कर्जा लिने दिने प्रणाली बन्यो भने उक्त समय चाँदीको सिक्काको प्रयोगको सट्टामा कागजी नोटको प्रयोग गर्ने नियम लागू गरियो। यस्तै, नयाँ कम्पनी बनाउने बाटो पनि खुला भयो। जोइन्ट स्टक कम्पनी, चार्टर कम्पनी लगायतले व्यवसायिक रुपमा काम गर्न थाले। इस्ट इण्डिया कम्पनी पनि यस्तौ मध्येको एक कम्पनी थियो।
सामाजिक परिवर्तन
आम रुपमा तत्कालिन समयमा यूरोपमा तीन तहको वर्ग थियो। जसमा सबैभन्दा उच्च वर्ग चर्चका पादरीहरु थिए, जसलाई क्लर्जी भन्ने गरिन्थ्यो। राजा र उसको सामान्तको वर्ग, जसलाई नोबिलिटी क्लास भन्ने गरिन्थ्यो र अर्काे थियो आम नागरिक। जतिबेला उनीहरु सबैभन्दा धेरै कमजोर थिए। त्यसपछि नै हो मध्यम वर्ग (मिडल क्लास)को उदय भएको।
मध्यम वर्गमा व्यापारी, बैंकर, शिपका मालिक, लगानीकर्ता (इन्भेस्टर)हरु थिए। जो १७ औं शताब्दीसम्म आइपुग्दा शक्तिशाली बनिसकेका थिए। यस्तै, अर्कोतर्फ इसाई धर्ममा भएको रिफर्मपछि युरोपमा नयाँ राजनीतिक र सामाजिक विचारको जन्म भइसकेको थियो। लोकतन्त्र, उदारतावाद, ‘सेक्युलर विषय’ अर्थात् निश्चित विषयहरुमा रिसर्चदेखि मेडिसिन, फिजिक्ससम्म पढाइ हुन थालिसकेको थियो। व्यापारवाद र व्यवसायिकरणले युरोपमा रफ्तार यसरी पक्रेको थियोकि त्यो रोकिने अवस्था नै थिएन।
तर, यसबीचमा धेरै समस्या पनि आएको थियो। १८ औं शताब्दीसम्म आइपुग्दा कुनै समय ब्रिटिसको उपनिवेशमा रहेको अमेरिकाले ब्रिटिस सत्ताको विपक्षमा बिगुल बजाइसकेको थियो। उस समय लोकतन्त्र, उदारवाद जस्ता विचार अगाडि बढ्दै थियो। तर, ब्रिटिस जो एक १६ र १७ औं शताब्दीमा तागतवर थिए, उनीहरुको औपनिवेशिकता सकिने डरमा युरोपका राज्यहरु थिए।
१८ औं शताब्दीमा स्कटल्याण्डका दार्शनिक एडम स्मिथले एक प्रश्न गरेका थिए। राजनीतिमा लोकतन्त्र हुन सक्छ भने के अर्थव्यस्था पनि लोकतन्त्र आउन सक्छ? यही एक प्रश्नबाट पूँजीवादको सुरुवात भयो।
पूँजीवादको जन्म
एडम स्मिथलाई पूँजीवादका जन्मदाता मानिन्छ। उनले ‘वेल्थ अफ नेशन्स’ नामक किताब लेखे। जसमा उनले वस्तुको मूल्य बढाउने सन्दर्भमा व्याख्या गरेका छन्। पहिला मानिसहरु खेती वा पशुपालन गरेर अर्थोपार्जन गर्ने गर्दथे। त्यसका लागि जमिनको माग धेरै हुने नै भयो। तर उही जमिन र उही मेहनतमा कसरी नयाँ मूल्य पैदा गर्न सकिन्छ त्यसबाट पूँजीवादको सुरुवात भयो।
एडम स्मिथले नयाँ भ्याल्यु (मूल्य) बनाउने एक मात्र तरिका छ, त्यो भनेको उत्पादन र निर्माणमा ध्यान दिएर सृजनशील काम गर्न सकिने अवधारणा ल्याए। अर्थात् यसलाई उदाहरणमार्फत बुझौं। तपाईंसँग कपास छ, त्यसलाई नबेचेर त्यसबाट कपडा बनाएर बेच, त्यो कपडामा त कपास नै छ। तर, त्यसको मूल्य कपास मात्र बेच्दा आउने भन्दा कपडा बनाएर बेच्दा ज्यादा हुन्छ। अर्थात्, म्यानुफ्याक्चरिङ, उत्पादनमुखी काम गरेर त्यसको नयाँ मूल्य सृजना गर्ने।
एडमले धेरै जमिनमा लामो समय लगाएर खेती गर्नुको साटो सो समय र साधन उद्योग स्थापनामा लगाउने हो भने जमिन पनि काम लाग्छ र त्यसको मूल्य ज्यादा आउँछ। जुन विचार त्यो समय युरोपमा क्रान्तिकारी साबित भयो। किनभने कुनै देश धनी बन्नका लागि अर्को देशको जमिन नै कब्जा गर्नु जरुरी थिएन, बरु औद्योगिक क्रान्तिको जरुरत थियो। संयोगबस पश्चिमा राष्ट्रहरुमा उस समय विज्ञान र नयाँ प्रविधिको पनि विकास र विस्तार भइरहेको थियो। यस्तो अवस्थामा एडमको आइडिया युरोपमा एक हिसाबले अर्थव्यवस्थामा क्रान्तिको बीउ बन्यो।
फ्री मार्केट (स्वतन्त्र बजार)
उसबेला फ्याट्री बनाउनका लागि जमिन र मजदुरको आवश्यकता थियो। यो त खेतीपाती गर्ने प्रणालीमा पनि यसरी नै काम हुने गर्दथ्यो भन्नुहोला तपाईं। तर, स्मिथले एक नयाँ विचार ल्याए क्यापिटल अर्थात् पुँजीको ।
पुँजीको मतलब मात्र नोट, पैसा मात्रै थिएन। उनले संसाधन, कच्चा पदार्थ, मेसिन, फ्याक्ट्री आदिलाई क्यापिटलको रुपमा चिनाए। जसमा पुँजीको लगानी गरी त्यसबाट उत्पादन गर्न सकिन्थ्यो। त्यसमार्फत नै थोरै जमिन र मेहनतमा ज्यादा पुँजी पैदा गर्न सकिन्थ्यो। उत्पादन हुन थालेपछि वस्तु तथा सामग्रीलाई बजारको आवश्यकता थियो बेच्नको लागि। उत्पादित सामग्रीको बिक्रीबाटै त पुँजी निर्माण हुन्थ्यो। स्मिथले बजारलाई स्वतन्त्र गरेर नाम दिए फ्री मार्केटको।
एडमले भनेका थिए कि देशहरुबो बीचमा पनि स्वतन्त्र बजार लागू गर्नुपर्छ। जहाँ जुन देशमा जुन चिजको राम्रो उत्पादन हुन्छ वा बनाउन माहिर छ, त्यही चिज नै उसले बनाएर बेच्ने, पसलाई उक्त चिजको जरुरत हुन्छ उसले अर्को देशबाट आयात गर्ने। अर्थात् जहाँ जुन वस्तुको उत्पादन राम्रो छ त्यसलाई प्राथमिकता दिएर उत्पादन गर्ने, सबै वस्तु सबै देशले उत्पादन गर्न जरुरी नभएको तर्क स्मिथको थियो।
हामीले यसअघि नै व्यापारवाद अर्थात् मर्केन्टलिज्मबारे चर्चा गरिसकेका छौं। पहिले मानिसहरु आवश्यक वस्तुको आयात गर्दैनथे। बरु उनीहरुका लागि आयातभन्दा निर्यात गर्नु फाइदाजनक हुने गर्दथ्यो। जबकि एडम स्मिथले भनेका छन्, फ्री मार्केटमा संलग्न दुवै पक्षलाई फाइदा नै हुन्छ !
यसलाई एडमले ‘इनभिजिबल ह्याण्ड अफ फ्री मार्केट’ को नाम दिएका छन्। इनभिजिबल ह्याण्डको लागि उनले यसरी एक उदाहरणबाट प्रष्ट्याउने कोसिस गरेका छन्। ‘तपाईं सोच्नुहोला बेकरीवालाले ग्राहकका लागि यसकारण ब्रेड बनाउँछ ताकि उसले तपाईंको पेट भर्न चाहन्छ। उ यसकारण ब्रेड बनाउँछ ताकि उसलाई ब्रेड बनाउँदा फाइदा हुन्छ।’
अर्थात् एक स्वतन्त्र बजारमा सबै अफ्नो स्वार्थको लागि काम गर्दछन्। तर, फाइदा सबैको हुन्छ। ब्रेड बनाउनेको पनि, अनि खाने उपभोक्ताको पनि।
स्मिथको उक्त विचार क्रान्तिकारी थियो। यति क्रान्तिकारी कि आज पुरा दुनियाँँ स्मिथले दिएको आइडियाअनुसार चल्छ। क्यापिटालिज्ममा बदलाव जरुर भएको छ तर, मूल आइडिया आज पनि स्मिथले दिएकै चलेको छ।
अब तपाईंलाई स्मिथको आइडिया नलाग्ने सायद नलागेको हुनुपर्ने हो। स्मिथले राम्रो कुरा गरेछन् भन्ने लागेकै हुनुपर्ने हो। तर, यो सिस्टममा हामीले सुरुमा कुरा गरेको जस्ता १२ घण्टासम्म काम गर्ने नोकरीवालाको हालत त उही नै छ। मालिकको लागि नोकरी गर्नेहरु काममा पेलिइ नै रहन्छन् अवस्था उही महिनाको अन्तिम दिन आउने तलब मात्रै। यस्तो किन हुन्छ? यहाँ एक जबर्जस्त दार्शनिक/विचारक कार्ल मार्क्सको पूँजीवादको इन्ट्री हुन्छ।
कार्ल मार्क्स र पूँजीवाद
कार्ल मार्क्सलाई अक्सर हामी साम्यवादका जनकका रुपमा मान्ने गर्दछौं। तर, वास्तवमा साम्यवाद पूँजीवादको विश्लेषणबाट पैदा भयो। मार्क्सले पूँजीवादको जुन विवेचना गरे त्यो आफैंमा एक अलग चर्चाको विषय हो। उनका अनुसार पूँजीवाद आएपछि नयाँ प्रविधिको सुरुवात भयो, उत्पादनमा बढोत्तरी भयो। मानिसहरु खेतीमै रमाउनुको साटो ह्वाइट कलर जागिर गर्न थाले। म्यानेजर्स, इन्भेस्टमेन्ट बैंकर्स आदि। यसले एक व्यवसायी बैंकिङ सिस्टम बन्यो। तर, पूँजीवादकै कारण समस्याहरु पनि आए। जसमा समाज दुई तहमा विभाजन भयो। सम्भ्रान्त (इलिट) र कामदार वर्गमा। मार्क्सले पूँजीवादीको निन्दा यस कारण गरे कि यो प्रणालीमा इलिट वर्गले लेबर अर्थात कामदारको शोषणबाट लाभ लिए। धनीले गरिबलाई शोषण गरे।
मार्क्सले वर्गको अलवा पूँजीवादले बसाईंसराइको समस्यामा ल्याएको बताएका छन्। उनका अनुसार पूँजीवादी व्यवस्थामा मानिसहरु गाउँ छाडेर सहरतिर राम्रो कामको खोजीमा निस्किए र यूरोपका सहरमा झुप्रा बस्ती (स्लम्स) बने। त्यहाँ बस्ने श्रमिकहरुलाई सरसफाई, शुद्ध पिउने पानी र डिग्निटी (कामको सम्मान) मिलेन। आज पनि भारत तथा विश्वका अन्य देशमा यो समस्या छ नै।
पूँजीवादको उदयपछि आर्थिक असमानता बढ़्यो। एकातर्फ फ्याक्ट्रीको मालिकसँग अथाह पैसा भयो, अर्कातिर त्यहीँ काम गर्ने श्रमिकसँग निश्चित तलब मात्र। उद्योगमा जे जति फाइदा हुन्थ्यो त्यो सबै मालिकको हुन्थ्यो। मार्क्सले यो व्यवस्थाको यसरी आलोचना गरे कि पूँजीवादी व्यवस्थामा धनी र गरिबबीचको खाडल फराकिलो बनेको छ। जुन घट्ने होइन बढ्दै जानेछ। यसमा पनि अर्को ठूलो समस्या लुकेको छ।
कारखानाका मालिकले ज्यादा पैसा कमाइरहेको छ, त्यहाँ काम गर्ने कामदारले कम, यो एउटा पक्ष भयो। यो भन्दा ठूलो समस्या त के हो भने कामदारलाई जागिरको सुरक्षा छैन। एक दिन उ मालिकद्वारा निकालिन्छ। यसले कामदारको जागिर एक न एक दिन त खोसिन्छ। अब के त्यो कामदार आफ्नो कामको मालिक बन्न सक्छ? जुन कम्पनी वा फ्याक्ट्रीमा उसले कुनै वस्तु उत्पादन गर्यो, त्यसमा उसको हक हुन्छ त? किन हुन्थ्यो, उसको मालिककै हक हुन्छ।
मालिक नै एक यस्तो व्यक्ति हो जो आफ्नो कम्पनी वा उत्पादित वस्तुप्रति सधैं जोडिएर रहन्छ। कामदार त एउटा काम गर्नमात्रै सक्छ। उसको आफैंले बनाएको वस्तुमा समेत कुनै हक हुँदैन। यसैकारण उसले कहिले पनि आफ्नो कामप्रति आफ्नोपन वा जोडिएको महसुस गर्न सक्दैन। जसलाई मार्क्सले ‘अलगाव’ नामै दिएका छन्।
मार्क्सले यो पनि भनेका छन् कि एक दिन मजदुर वर्गले पूँजीवादबाट हैरान भएर विद्रोह गर्नेछन्। र, त्यही दिनबाट साम्यवादको सुरुवात हुने मार्क्सको धारणा छ। मार्क्सपछि उनकै चेलाले साम्यवादका त्यो स्वरूप लागू गरेकि सत्ताले तानाशाहीका रूप लियो। सोभियत संघको पतनसँगै साम्यवाद एक हिसाबले (नेपथ्यमा पुग्यो) गुमनाम जस्तै भयो। जहाँसम्म पूँजीवादको कुरा छ, बजारमा आज पनि प्रभुत्व छ।
चाहे त्यो धनी गरिबबीचको अन्तरमा होस, गाउँ रित्याएर सहर र विदेश पुग्ने गरी भएको बसाइसाई होस् कि जलवायु परिवर्तन। पूँजीवादको अगाडि धेरै चुनौतीहरु छन्। चाहे पूँजीवादको कुनै विकल्प वर्तमान समयमा कसैले नदेखे पनि कामदारको प्रश्न जायज छ। एकातिर विश्वभरका ठूला कम्पनीले पछिल्लो समय हजारौंको संख्यामा कामदार निकाल्ने प्रकृया रोकिएको छैन, अर्कातिर सरकारले देशमा रोजगारी सिर्जना गर्न सकेको छैन।
यो बीचमा कामदारका यो प्रश्न उचित छ – के हामी अरुका लागि पैसा छापिदिनका लागि मात्रै जन्मिएका हौं?
(लल्लन टपका लागि कमल र आकाश सिंहले तयार पारेको रिपोर्टको नेपाली अनुवाद)