Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एसईई परीक्षामा चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा छुटे

एसईई परीक्षामा चिट चोराएको आरोपमा नेपालगञ्जबाट पक्राउ परेका प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन्। नेपालगञ्जस्थित लोटस इङ्गलिश स्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहमद अल्ताफ खान धरौटीमा रिहा भएका हुन्।

नेपालगञ्ज–२ स्थित ज्ञानोदय विद्या निकेतनबाट उनीहरू चैत २० मा पक्राउ परेका थिए । उनीहरूलाई जनही ६ हजार धरौटीमा रिहा गरिएको हो । विज्ञान तथा प्रविधि विषयको परीक्षामा उनीहरूले आफ्ना विद्यार्थीहरूलाई ह्वाट्स एप ग्रुप बनाएर चिट चोराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

नेपालगञ्जस्थित एवान कन्सल्टेन्सीबाट पक्राउ परेका थप ३ जना पछि छुटेका छन् । प्रश्नपत्र आउट गरेर उत्तर तयार गरेस पठाएको आरोपमा पक्राउ परेका इरफान अलि मिकरानी, सन्तोष नेपाली र दिलिप बिकलाई जनही ३० हजारमा रिहा गरिएको प्रहरीले जनाएको छ ।