Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैनः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् ।बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने बताए ।

उनले कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५्४० प्रतिशतसम्म पु¥याउने र सेवा क्षेत्रलाई ५०्५५ प्रतिशतमा पुर्याउनसके मात्रै देश विकास सम्भव हुने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा गइ त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हाँसिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, ‘हाम्रो अहिलेको कृषिप्रधान अर्थतन्त्र छ । ६० प्रतिशत जनसंख्या अहिले पनि कृषिमा आश्रित छ । यसलाई यही रुपमा राखेर देश कहिल्यै विकास हुँदैन । कृषि, उद्योग र सेवाका जुन तीन वटा क्षेत्रहरु छन् ।

त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिनुपर्छ । कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५्४० प्रतिशतसम्म पुर्याउने र सेवा क्षेत्रलाई ५०्५५ प्रतिशतमा पर्याए भने देश विकास हुने हो । त्यसको निम्ति स्थिर राजनीति र ठोस आर्थिक नीति चाहिन्छ । स्थिर आर्थिक नीति चाहियो ।

त्यसैले मेरो शुरुदेखिको प्रश्ताव के हो भने हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाऔँ । त्यस मातहतमा एउटा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर कसरी हाँसिल गर्न सकिन्छ? त्यस हिसावमा अघि बढौँ ।पूर्वप्रधानमन्त्री डा. भट्टराईले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको बताए ।