Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै हर्क साम्पाङको एकल प्रदर्शन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागसहित प्रदर्शन गरेका छन् ।

मेयर साम्पाङले २०८४ सालको निर्वाचन अघि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गर्दै एकल प्रदर्शन गरेका हुन् । उनले सामाजिक सञ्जालमा केही तस्बिरहरु राख्दै त्यस्तो माग गरेका हुन् ।

harka-sampang-a-revulation - Copy.webp

उनले एक्लै उभिएर बोकेको प्ले कार्डमा भनिएको छ, ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर ।’ केही दिनअघि काठमाडौं आएका मेयर साम्पाङले प्रधानमन्त्री, गृहमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।